दिल्लीमा प्रियंका र निकको भव्य रिसेप्सन, मोदीदेखि हलिउडका स्टारसम्म पाहुना

 मंसिर १८, २०७५ मंगलबार १८:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री प्रियांका चोपडा र निक जोनसले भारतको जोधपुरमा डिसेम्बर १ र २ मा विवाह गरिसकेका छन ।

परिवारजन र नजिकका साथिहरुबीचमा विवाह गरिसकेपछि डिसेम्बर ४ मा भने यो जोडीले भारतको दिल्लीमा भब्य रिसेप्सनको आयोजना गर्ने भएको छ । 


आज राति ८ बजेदेखि सुरु हुने पार्टीमा नबविवाहित प्रियंका र निकलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भएर शुभकामना तथा बधाई दिनेछन । साथै हलिउडका स्टार ड्वेन जोनसन अर्थात द रक पनि यस पार्टीमा सहभागी हुनेछन ।

उनी निक र प्रियंका दुवैका नजिकका साथी हुन । प्रियंकाले द रकका साथ फिल्म ‘बेवाच’ मा काम गरेकी छिन भने निक जोनसले ‘जुमन्जी २’ काम गरेका थिए । 


साथै प्रियंका चोपडाकी नजिककी साथी एवम् बलिउड अभिनेत्री सोनाली बेन्द्र पनि उपस्थित हुने बताइएको छ । अभिनेत्री सोनाली बेन्द्रे केही महिनादेखि अमेरिकामा क्यान्सर रोगको उपचार गराइरहेकी थिइन । उनी हालै भारत फर्किएकी छिन ।

बलिउडबाट अन्य कलाकारहरु सहभागी हुन्छन वा हुँदैनन् भन्ने कुराको भने अहिले खुलासा भएको छैन । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया