तीन दिनदेखि बेपत्ता युवकको शव भेटियो

 मंसिर १८, २०७५ मंगलबार १९:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – डाक्नेश्वरी नगरपालिका–३ मा माछा मार्न गएका युवकको तीन दिनपछि  शव फेला परेको छ ।

डुबेर मृत्यु भएकोे अवस्थामा मंगलबार साँझ शव फेला परेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न हिँडेका स्थानीयवासी २५ वर्षीय रामबाबु मुखिया मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक युवकको शव गोता खोरको प्रहरी टोलीले फेला पारेको हो । डुबेको स्थानबाट झण्डै ४० मिटर डाढा युवकको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नहरको पुलमुनि माछा मार्ने क्रममा मुखिया डुबेको प्रहरीको भनाई छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया