झाडीमा फालिएको अवस्थामा नवजात शिशु भेटियो

 मंसिर १९, २०७५ बुधबार ७:५९:१८ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा पोखरी किनारको झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ । जनकपुर उपमहानगरपालिका– ७ जानकी सरोवरको उत्तर किनारमा झाडीमा फालिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।

स्थानीयले झाडीमा फालिएको शिशुलाई देखेपछि वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहलाई खबर गरेका थिए । त्यसपछि वडाध्यक्ष साहले प्रहरीको सहायतामा शिशुको उद्धार गरी जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गराउनु भएको छ । शिशुको मुखभरी किरा परेको र उपचार पछि शिशुको अवस्था समान्य रहेको जनकपुरको कविर अनाथ बाल आश्रमका सञ्चालक सत्यनारायण आलोकले बताउनुभयो ।   

छोरी भएका कारण शिशुलाई झाडीमा फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । तर शिशु फाल्नेको भने पहिचान भएको छैन । शिशु  चार पाँच दिन अघि जन्मेको हुन सक्ने प्रहरीको अनुमान छ । शिशु कसले फाल्यो भन्नेबारे अनुसन्धान भैरहेको छ । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया