मधेश र मधेशका नागरिकले अधिकार प्राप्त नगरेसम्म संघीयताले पूर्णता पाउँदैन : मुख्यमन्त्री राउत

 मंसिर १९, २०७५ बुधबार १०:३६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – मधेश र मधेशका नागरिकले अधिकार प्राप्त नगरेसम्म संघीयताले पूर्णता नपाउने प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले मंगलबार कृष्णनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले संविधानमा रहेको असन्तुष्टिको सम्बोधन गर्न जनस्तरबाट दवाब जरुरी रहेको बताउँदै आफूहरुले त्यसका लागि सङ्घर्ष जारी राखेको उहाँले बताउनुभयो । 

मुख्यमन्त्री राउतले प्रदेश दुई सरकारले दलित, महिला सशक्तीकरण र अधिकार सुनिश्चतताका लागि प्रयत्न गरिरहेको बताउनु भयो । वामपन्थीहरु एकिकरण भई एउटै पार्टी गठन गरे पनि त्यसकोविरुद्ध मधेश र मधेशी नागरिक संगठित हुुनु पर्नेमा उहाँले जोड दिनुभयो । 

मधेशमा समावेशी, समानुपातिक प्रतिनिधित्व, नागरिकताजस्ता महत्वपूर्ण हक अधिकार प्राप्तीका लागि सबै एक भएर अघि बढ्न उहाँले आह्वानसमेत गर्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया