प्रियंका र निककाे रिसेप्शनमा रातो गुलाब लिएर पुगे भारतीय प्रधानमन्त्री मोदी

 मंसिर १९, २०७५ बुधबार १२:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेतृ प्रियंका चोपडा र निक जोनसले भारतको दिल्लीमा रहेकाे पाँचतारे होटल ताजमा डिसेम्बर ४ मा विवाहको पहिलो रिसेप्शन राखेका थिए ।

रिसेप्शनमा प्रियंका र निकका परिवारजन तथा भारतका प्रधानमन्त्री नरेन्द्र सिंह मोदी उपस्थित भएर प्रियंका र निकलाई वैवाहिक जीवनको शुभकामना तथा बधाई दिएका छन् । 

मोदीले उपहारस्वरुप प्रियंका र निकलाई रातो रंगको गुलाबको फूल दिएका थिए । 

मोदीले प्रियंका र निकका परिवारजनसँग भेटघाट गरेका थिए भने स्टेजमा मिडियाकाे अगाडि सामु तस्विर पनि खिचाएका थिए ।


 
प्रियंका चोपडाले रिसेप्सनमा सिल्भर कलरको लेहंगा लगाएकी थिइन् । हातमा चुरा, गलामा नेकलेस र सिउँदोमा सिन्दुर लगाएकी प्रियंका निकै सुन्दर देखिएकी थिइन् भने निक जोनसले निलो संगको भेल्भेट सुट लगाएका थिए । 

प्रियंका र निकले छिट्टै नै मुम्बईमा पनि भव्य रिसेप्शन राख्नेछन् जसमा बलिउड फिल्म उद्योगका कलाकारहरु उपस्थित हुनेछन् । 

रिसेप्सनको मिति तथा उपस्थित पाहुनाहरुको बारेको जानकारी गोप्य राखिएको भएपनि खबरहरुका अनुसार बलिउडका अधिकांश कलाकारलाई निमन्त्रणा पुगिसकेको बताइएको छ ।  

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया