कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
दाङ – दाङकाे गढवामा मंगलबार राति माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे ज्यान गएको छ । घटनामा २ जना घाइते भएका छन् ।
बेलाबाट गढवा अाउँदै गरेकाे माेटरसाइकल गढवा-७ मानपुरमा अनियन्त्रित हुँदा दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । माेटरसाइकलमा तीनजना सवार थिए ।
दुर्घटनामा गढवा -७ मानपुर निवासी २० वर्षीय दिनेश चाैधरीकाे उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको छ । घटनामा त्यही ठाउँका १८ वर्षीय राेशन चाैधरी र १७ वर्षीय महेश चाैधरी घाइते भएका छन् ।
घाइतेहरुकाे लमही अस्पतालमा उपचार भैरहेको छ । रा ३ प ३६२७ नम्बरको माेटरसाइकल दुर्घटनामा परेकाे हाे ।