नेपाली कांग्रेसकाे प्रश्न : अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे सरकार किन मौन छ ?

 मंसिर १९, २०७५ बुधबार १४:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपाली कांग्रेसले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विषयमा आएका विषयमा प्रष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको छ । 

शेर्पाकै आफन्तले उहाँ मानव तस्करीमा संलग्न रहेको आरोप लगाए पनि सरकार मौन रहेको भन्दै कांग्रेसले छानबिन गर्नुपर्ने र दोषी पाइएमा कारबाही गर्न पनि सरकारसँग आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिार्फत राजदूत जस्तो गरिमामय पदको मर्यादा राख्न पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

केही समयदेखि मानव तस्करीमा संलग्न भएको भन्दै समाचार प्रकाशित भएपछि राजदूत शेर्पा विवादमा तानिनुभएको छ । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया