जाउलाखेलसँग मनाङकाे संघर्षपूर्ण जित, शीर्षस्थानमा कायमै

 मंसिर १९, २०७५ बुधबार १४:३५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदीले लगातार छैटौ जित निकालेको छ । बुधबार भएको खेलमा मनाङले  जाउलाखेलमाथि एक शून्यको संघर्षपूर्ण जित हात पार्यो ।

सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले सुरुवाती १२ मिनेटमा गोलका तीन अवर गुमाउँदा  पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । सातौं मिनेटमा बिशाल राइको फ्रि किकलाइ जावालाखेलका गोलकिपर सागर श्रेष्ठले पन्च गरेका थिए ।

त्यसै बलमा अन्जन बिस्टले गरेको सशक्त प्रहारमा सागर नै बाधक बने । लगत्तै अडेलाजा सोमिदीको प्रहारलार्इ पनि गोलकिपरले राेकिदिए । १२ औं मिनेटमा हेमन गुरुङको प्रहारलार्इ सागरले बचाएपछि मनाङ अग्रता लिन बाट चुकेको थियो ।

६० औं मिनेटमा जावालखेलका एडामा दुम्बियाल अफिज ओलावालेलार्इ डिबक्समा लडाएपछि मनाङले पेनाल्टीको अवसर पायो जसलाई अञ्जन बिष्टले गोलमा परिणत गर्दै टिमलाई अग्रता दिलाए । जारी लिगमा अन्जनको यो पाँचौ गोल हो ।

७२  औंं मिनेटमा मनाङले अर्को गोलको अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । खेलको अन्तिममा भने  जाउलाखेलले मनाङलाइ दबाबमा राखेको थियो ।

 सात मिनेट थप गरिएको इन्जुरी समयमा जावाखेलले गोलका दुइ सुन्दर अवसर गुमाएको थियो । सुसिल कुमार यादवको प्रहारको उत्कृष्ट बचाउ गर्दा विशाल श्रेष्ठ घोइते हुदै मैदान बाहिरिएका थिए ।

जारी लिगमा अपराजित रहेको मनाङ  ६ खेलबाट १८ अंक बनाउदै लिगको शीर्ष स्थानमा कायमै रहेको छ । जाउलाखेलको प्रतियोगिामा यो चौथो हार हो । लिगमा अहिले हिमालयन शेर्पा र च्यासल युथ क्लब तथा सरस्वती थ्रि स्टार बीच खेल भइरहेको छ  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया