यूएईका क्रिकेट कप्तान रोहन मुस्तफाले ईपीएलको पहिलो खेल गुमाउने

 मंसिर १९, २०७५ बुधबार १५:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं किंग्सबाट खेल्ने तयारीमा रहेका यूएईका कप्तान रोहन मुस्तफाले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पहिलो खेल गुमाउने भएका छन ।

हाल पाकिस्तानमा भैरहेको क्रिकेट प्रतियोगिताका लागि गएकाले उनी ईपीएलको पहिलो खेलमा उपस्थित हुने सम्भावना निकै न्यून रहेको छ । उनी प्रतियोगिता सुरु भएको तीन–चार दिनपछि मात्र काठमाडौं आइपुग्ने भएकाले पहिलो खेल खेल्नु सम्भावना कम भएको काठमाडौका म्यानेजर विनोद दासले बताए ।

काठमाडौंले ईपीएलको पहिलो खेलमा चितवन टाइगर्ससँग खेल्नेछ । प्रतियोगिताका लागि आयरल्याण्डका केभिन ओब्राइन नेपाल आइसकेका छन् । शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सबीच प्रतिस्पर्धा हुनेछ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया