चेकट्रेड ट्रफीमा समर्थकको आक्रमणबाट एक खेलाडी घाइते, ११ समर्थक पक्राउ

 मंसिर १९, २०७५ बुधबार १५:५७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस फुटबल प्रतियोगिता चेकट्रेड ट्रफीमा समर्थकको आक्रमणबाट एकजना खेलाडी घाइते भएका छन भने ११ समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

म‌ंगलबार राति भएको स्टोक सिटी र पोर्ट भालीबीचको डर्बी खेलमा चार हजार दर्शकको उपस्थिति रहेको खेलमा दर्शक हिंस्रक भएपछि पोर्ट भालीका स्टेवार्ड घाइते भए । दंगा गर्न खोज्ने ११ जनालाई प्रहरीले हिरासतमा लिएको छ ।

सुरक्षाका लागि मैदानमा एक सय ८० प्रहरी तैनाथ थिए । प्याराफिटमा रहेका दर्शकले मैदानमा बोटल र सिक्का फालेर खेल बिथोल्ने प्रयास गरेका थिए । सो बेला पोर्ट भाली तीन शून्यले अगाडि रहेको थियो ।

पोर्ट भालीका खेलाडीले तेस्रो गोलको खुशी मनाइरहँदा अचानक बोटल र सिक्का प्रहार भएको थियो जसलाई नियन्त्रण गर्न पुलिसलाई हम्मे हम्मे परेको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया