र्इपीएल खेल्न आएका आयरल्याण्डका केभिन ओ ब्राइनसँगै ए डिभिजन खेल्न अाइपुगे किरण

 मंसिर १९, २०७५ बुधबार १६:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाडाैं - नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको लिग सकेर नेपाल फर्किएका छन् । 

माल्दिभसकाे लिग सकिएपछि उनी बुधबारै र्इपीएल क्रिकेट खेल्न आएका आयरल्याण्डका केभिन ओ ब्राइनसँगै आएका हुन् । 

माल्दिभ्सको शीर्ष डिभिजनको लिगको उपाधि उनको टिमले जित्दा किरण बेष्ट गोलकिपर बनेका थिए ।

पूरै लिगमा उनले ५ गोलमात्र खाएका थिए । गएकाे वर्ष किरणले भारतको मिरनेभा पञ्जाबबाट भारतीय फुटबल लिग खेलका थिए । विदेशी लिगमा चर्चा कमाएका किरणलाई ए डिभिजन लिगमा टिममा अनुबन्ध गर्न दुई क्लब मनाङ मर्स्याङ्दी र संकटा क्लब इच्छुक देखिएका छन ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया