नेपाल एयरलाइन्सले दक्षिण कोरियाका लागि पनि उडान गर्ने

 मंसिर १९, २०७५ बुधबार १८:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाडौं – सरकारले दक्षिण कोरियामा पनि विमान सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले सरकारले दक्षिण कोरियामा पनि नेपाल एयरलाइन्सको विमान सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको हो ।

बुधबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा बाह्य पर्यटकहरुको संख्या बढाउन सरकारले नेपाल एयरलाइन्सको विमान विभिन्न देशमा सञ्चालन गर्ने संकल्प लिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य भएको उल्लेख सरकार त्यसको पूर्वाधार निर्माणको काममा जुटिरहेको दाबी पनि गर्नुभयो । नेपालको पर्यटक क्षेत्रको विकासका लागि छिट्टै बुद्ध सर्किट स्थापना गर्ने मन्त्री अधिकारीको योजना छ ।

मन्त्री अधिकारीले देशमा बढ्दो व्यापार घाटा कम गर्न सघाउ पुर्‍याउने गरी पर्यटन क्षेत्रको विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया