विश्वकपका लागि खेलाडी रिलिज गर्ने क्लबलार्इ फिफाले २० करोड ९० लाख डलर दिने

 मंसिर १९, २०७५ बुधबार १९:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुस विश्वकपमा खेलाडी रिलिज गर्ने क्लबलार्इ फिफाले क्लब बेनेफिट प्रोग्रामबाट २० करोड ९० लाख डलर दिने भएको छ ।

यो रकम ६३ देशका ४ सय १६ क्लबलाई बाँडिने छ जुन ब्रजिल विश्वकपमा दिइएको रकम भन्दा दोब्बर हो ।

हरेक विश्वकप अगाडि खेलाडीलार्इ विश्वमा रहेका ४ सयभन्दा बढी क्लबले रिलिज गर्छ । जस बापत फिफाले उनिहरूलाइ क्षतिपूर्ति रकम उपलब्ध गराउने गर्छ । यसै सिलसिलामा फिफाले क्लबहरूलाइ यति ठूलो रकम दिएको हो ।

हरेक क्लबले  विश्वकपमा सहभागी टिममा परेका खेलाडी संख्याका आधारमा रकम पाउनेछन् । यो हिसाबले विश्वकपमा सबैभन्दा धेरै रकम पाउनेमा म्यानचेस्टर सिटी, रियल मड्रिड, टोटेनह्याम, बार्सिलोना, पेरिस सेन्ट जर्मेन, चेल्सी, म्यानचेस्टर युनाइटेड, एट्लेटिको मड्रिड, युभेन्ट्स र मोनाको छन् ।

साथै एसिया, अफ्रिका र अमेरिकाका क्लबहरूले पनि १० लाख डलरभन्दा बढी रकम पाउने छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दा खेलाडी घाइते भएर फर्किने गरेको भन्दै विरोध जनाउन थालेपछि २०१० को विश्वकपदेखि फिफाले यो योजना सुरु गरेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया