भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

 मंसिर २०, २०७५ बिहिबार ७:३८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका कुमार श्रेष्ठको ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् । 

बुधबार राति बा ९३ प १४१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक बस्दै आएका सिन्धुपाल्चोक जुगल गाउँपालिका– ४ का २३ वर्षीय कुमार श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार २५ वर्षका राजकुमार श्रेष्ठको नागरिक अस्पताल भक्तपुरमा उपचार भैरहेको छ । 
 

अन्तिम अपडेट: मंसिर २१, २०७५

तपाईको प्रतिक्रिया