दिल्लीको सरकारी आश्रयगृहमा राखिएका नेपाली महिला कहाँ हराए ?

 मंसिर २०, २०७५ बिहिबार ९:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको दिल्लीमा सरकारी आश्रय गृहमा राखिएका एकजना भारतीय र ८ जना नेपालीसहित ९ जना महिला हराएका छन् । 

दिल्लीकै रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी संस्कार आश्रयगृहमा राखिएका एक भारतीय सहित ९ जना हराएका हुन् । उनीहरु गएको शनिबार र आइतबार त्यहाँबाट एकाएक हराएका थिए । हराएका ९ जनामध्येकी एक भारतीय नाबालिका रहेको पनि प्रहरीले पुष्टि गरेको छ । 

ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । उनीहरू आफैँ त्यहाँबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

आश्रय गृह प्रशासनले ती महिला कसरी हराए भन्नेबारेमा केही थाहा नभएको बताएको छ । यही वर्षको मे महिनामा उनीहरुलाई उद्धार गरी त्यहाँ ल्याइएको थियो । त्यसअघि उनीहरुलाई द्वारकाको आश्रय गृहमा राखिएको थियो । 

बीबीसी हिन्दीसँगको कुराकानीमा दिल्ली प्रहरीले ती महिलाहरू यौन उत्पीडनको शिकार भएको बताएको छ । प्रहरीले आश्रमभित्रकै स्टाफहरुको पनि जाँच गरिरहेको छ । हराउने महिलाको नाम र ठेगाना भने खुलाइएको छैन । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया