नक्कली लालपूर्जा बनाएर अर्बौँ मूल्यको जग्गा बेच्ने महन्त पक्राउ

 मंसिर २०, २०७५ बिहिबार १०:२०:३७ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बेचेको अभियोगमा रत्नसागर मठका महन्त बैकुण्ठ दास पक्राउ परेका छन् । केहि दिन अघि जिल्ला अदालत धनुषाले पक्राउ गर्ने आदेश दिएपछि फरार रहेका महन्त बैकुण्ठ दास बुधबार काठमाडौंबाट पक्राउ परेका हुन् ।

लुकेर बस्दै आएका दासलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कमलपोखरीबाट अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।

हजारी जनक संस्कृत विद्यापीठका महन्त दासले नक्कली लालपूर्जा बनाएर जमिन बेचेको भन्दै एक व्यक्तिले आफ्नो जग्गा भएको दाबीसहित धनुषा जिल्ला अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दामा सुनुवाई गर्दै अदालतले दासलाई पक्राउ गर्न गएको शुक्रबार आदेश जारी गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया