दुई अमेरिकी विमान ठोक्किएर जापानको समुद्रमा खसे

 मंसिर २०, २०७५ बिहिबार १५:३२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानमा अमेरिकाको दुईवटा नौसैनिकको विमान ठोक्किएर समुद्रमा खसेको छ । दुर्घटनामा पाँच अमेरिकी नौसैनिक बेपत्ता भएका छन् । F/A-18 हर्नेट लडाकु विमान र KC-130 हर्क्यूलस विमान ठोक्किएको हो ।

अमेरिकी नौसैनिक विमान जापानको समुद्री किनारको आकाशमा नै इन्धन भर्ने अभ्यास गरिरहेको थियो । यसैक्रममा विमान दुर्घटना भएको थियो । विमानमा अमेरिकी नौसेनाका सातजना सवार थियो । 

जापानी रक्षा मन्त्रालयका अनुसार दुई सैनिकको उद्धार गरिएकाे छ । बाँकी पाँचजना अझै हराइरहेका छन् । घटनाको बारेमा अन्य जानकारी आएको छैन । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया