एभरेष्ट प्रिमियर लिगको उपाधि विजेताले पाउनेछन् यस्ताे ट्रफी

 मंसिर २०, २०७५ बिहिबार १६:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – शनिबारबाट सुरु हुने एभरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।

काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको एक कार्यक्रममा ईपीएलमा सहभागि ६ टिमका कप्तान तथा मार्की खेलाडीको उपस्थिति रहेको थियो ।

जसमा भैरहवाका कप्तान शक्ति गौचन, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा, काठमाडौका सोमपाल कामी, ललितपुरका ज्ञानेन्द्र मल्ल र पोखराबाट स्कटल्याण्डका खेलाडी केली कोइट्जेर रहेका थिए । 

पोखराका मार्की खेलाडी शक्ति गौचन भए पनि कप्तान केलीलाई दिइएको छ ।
 

अन्तिम अपडेट: चैत २०, २०८०

तपाईको प्रतिक्रिया