इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
गएको जुलाईमा नेदरल्यान्ड्समा भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्ति गौचनले शनिबारबाट एभरेस्ट प्रिमियर लिगपछि सन्यास लिने भएका छन् ।
नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा सन्यास लिने चाहना राखेका शक्तिकाे याे चाहना क्यान निलम्बनमा परेका कारण पूरा हुन सकेन । जसका कारण उनले अाफ्ना लागि र्इपीएल नै अन्तिम प्रतियाेगिता बनाउने निधाे गरेकाे बताए । देब्रेहाते स्पिनर शक्ति नेपालका प्रमुख बलर बनेका थिए । पछिल्लो समय बढ्दाे उमेर र श्वास्थ्यका कारण पनि उनि खेलाडी भन्दा खेल ब्यवस्थापन र प्रशिक्षकमा हात हालेका थिए ।
उनले सक्रिय क्रिकेटबाट टाढा भएपछि यू-१९ क्रिकेट टिमका टिम लिडरका रूपमा गएका थिए । सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरू गरेका शक्तिले सिंगापुरमा भएकाे एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।
शक्ति नेपालबाट १ हजार रन बनाउने पहिलो खेलाडी हुन् । हाल भैरहवामा क्रिकेट एकेडेमी चलाएर बसेका शक्तिले नेपाली क्रिकेटलाइ धेरै युवा खेलाडी दिलाएका छन् ।