‘सरकार भेटियो, न्याय भेटिएन’ पोस्टर बोकेर निर्मलालाई न्याय माग्दै हिसिला यमी

 मंसिर २०, २०७५ बिहिबार १६:४९:३१ | निर्मला खडायत
unn.prixa.net

कैलाली – नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्यायको माग गर्न धनगढी आइपुग्नु भएको छ ।  

बलात्कारपछि हत्या भएकी निर्मलाको हत्यारा पक्राउ र न्यायको माग गर्दै सुरु भएको पोस्टर अभियानमा सहभागी हुन उहाँ धनगढी आइपुग्नु भएको हो । 

काठमाडौंबाट सुरु भएको पोस्टर अभियानको सुरु गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिएको हो । मुख्यमन्त्री कार्यालयको पर्खालमा पोस्टर टाँस्न खोज्दा प्रहरीले रोक लगाएपछि सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

नेतृ यमीले घटना घटेको यतिका समय बित्दा पनि न्याय नपाउँदा सरकार भएको अनुभूति नै गर्न नसकेको  बताउनुभयो । उहाले सरकार पीडितलाई न्याय दिनुको साटो विभिन्न प्रपन्च बनाएर घटनालाई मोड्न खोजिरहेको आरोप लगाउनुभयो । 

उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय नजिकै रहेका अन्य सरकारी कार्यालयका पर्खालमा पनि ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेका पोस्टर टाँसेका हुन् । यस्तै सडक किनारमा रहेका बिजुलीका पोल, सवारी साधनमा पोस्टर टाँसिएको हो । 

निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको नियन्त्रणमा रहेका प्रदीप रावलको बयान आज बिहान ७ बजेदेखि पुनः सुरु भएको थियो ।  सीआईबी प्रमुख डीआईजी निरज शाही, डीएसपी कवित कट्वाल र अनुपम शमशेर जबराले रावलको बयान लिएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया