भक्तपुरमा रेलिङमा ठोक्कियो मोटरसाइकल, एकको मृत्यु भयो, एक घाइते

 मंसिर २०, २०७५ बिहिबार १७:१५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा.९३ प.१४१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–४, का २३ वर्षीय  कुमार श्रेष्ठको बिहीबार मृत्यु भएको छ । 

मध्यपुर थिमी नगरपालिका–१, लोकन्थलीमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार त्यसै ठाउँका २५ वर्षीय  राजकुमार श्रेष्ठ भने घाइते भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

घाइते श्रेष्ठको भने नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।                  
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया