दुर्घटनामा महिलाको ज्यान गयो, सनाखत हुन बाँकी

 मंसिर २०, २०७५ बिहिबार १८:१७:३० | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – पृथ्वीराजमार्ग अन्तरगत धादिङको गजुरीमा बिहीबार दिउँसो भएको दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । 

काठमाडाैंबाट मुग्लिनतर्फ जाँदै गरेको  ना ६ ख ७६२३ नं.को ट्रकले गजुरी गाउँपालिका वडा नं–१, राजमार्ग छेउमा हिँडिरहेकी अन्दाजी ४० वर्षीया महिलालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । 

मृतक महिलाको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बताउनुभयो । ठक्कर दिने सवारी साधन र चालकलाई प्रहरीले हिरासतमा लिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया