पेस्तोल देखाएर सर्लाहीको जंगलबाट १० लाख लुटियो

 मंसिर २०, २०७५ बिहिबार २०:१०:५७ | रामबाबु खड्का

सर्लाही – नचिनेका मान्छेको समूहले हतियार देखाएर सर्लाहीको बाँके जंगलमा १० लाख रुपैयाँ लुटेका छन् । 

सर्लाहीको  लालबन्दीमा रहेको वाणिज्य बैंकबाट पैसा निकालेर  श्रीनगरको महारानी बचत तथा ऋण सहकारी संस्थातर्फ जाँदै गरेका संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट  १० लाख रुपैयाँ नगद लुटेको सर्लाही प्रहरीले जनाएको छ ।

नम्बर नखुलेको दुईटा मोटरसाइकलमा आएका चार जनाले पेस्तोल देखाएर पैसा लुटेको संस्थाका अध्यक्ष महतोले बताउनु भएको छ । लुटपाटमा संलग्नहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया