पत्ता लाग्यो लेस्टरका मालिकले ज्यान गुमाएको हेलिकप्टर दुर्घटनाको कारण

 मंसिर २१, २०७५ शुक्रबार ६:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

लेस्टर सिटीका मालिक र अरु चार जनाको ज्यान जाने गरी हेलिकप्टर दुर्घटनामा पर्नुको कारण टेक्निकल खराबी भएको अनुसन्धानले देखाएको छ ।

गएको अक्टोबरमा भएको दुर्घटनाका विषयमा गरेको विशेष अनुसन्धानले एडब्लु वनसिक्सनाइन सिग्नलको हेलिकप्टर नियन्त्रण बाहिर भएर दाँया घुमेर भुईंमा खसेको बताइएको छ । दुर्घटनामा परेर लेस्टर सिटीका मालिक भिचाइसँगै अरु चारजनाले ज्यान गुमाएका थिए ।

एयर एक्सिडेन्ट अनुसन्धान शाखले गरेको अध्ययनले लेस्टर सिटीको स्टेडियमबाट उडेको हेलिकप्टरका पुछारको राडारले काम नगरेकाले दुर्घटना परेको देखाएको छ । पाइलटको अगाडि रहेको ककपिटको प्याडल र पुछरको राडारबीचको कनेक्सन छुटेकाले नियन्त्रण बाहिर भई दुर्घटना भएको यो अनुसन्धानले देखाएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया