यौन शोषणको आरोपमा बलिउड गायक मिका सिंह दुबईमा पक्राउ

 मंसिर २१, २०७५ शुक्रबार ७:१३:२८ | एजेन्सी
unn.prixa.net

बलिउडका चर्चित गायक मिका सिंहलाई दुबईमा प्रहरीले हिरासतमा लिएको छ । मिका सिंहलाई एक किशोरीले यौन शोषणको आरोप लगाएकी छिन् । 

ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् ।

मिकालाई दुबईको मुरक्काबात प्रहरी चौकीमा राखिएको छ । उनलाई विहीबार दिउँसो ३ बजे दुबईको एक बारबाट प्रहरीले गिरफ्तार गरेको हो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया