आजदेखि चलचित्र ‘प्रसाद’ प्रदर्शनमा

 मंसिर २१, २०७५ शुक्रबार १२:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट नेपाली चलचित्र ‘प्रसाद’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिज पाएका कारण पनि दर्शकको मन जित्नेमा निर्माण टिम आशावादि देखिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भए सँगै चलचित्र बजारमा प्रसादको चर्चा थप चुलिएको थियो ।

चलचित्रमा समावेश गीतलाई पनि दर्शकले रुचाएका छन् । नेपालमा प्रदर्शन हुनु अगावै चलचित्रको विदेशी डिमाण्ड उच्च थियो । अहिले पनि  देशहरुमा चलचित्रको माग भइरहेको निर्देशक दिनेश राउत बताउँछन् । चलचित्रको आधा लगानी ओभरसिज राइट्सबाटै उठेको बताइएको छ । 

चलचित्रमा निश्चल बस्नेत, विपिन कार्की, नम्रता श्रेष्ठलगायत काकलाकारहरुको मुख्य भूमिका रहेको छ ।  चलचित्रले विवाह भइसके पश्चात पनि सन्तान नभएको र त्यसैकारण कारण अाई परेका विभिन्न उतार चडावको कथा प्रस्तुत गरेको छ । 

चलचित्रमा विपिन कार्कीले ग्रामीण भेगको एक दलित युवाको भूमिका निर्वाह गरेका छन् । यता नायिका नम्रता श्रेष्ठ उनै विपिनकी श्रीमतीका रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रको कथा विपिन, नम्रता र निश्चलकै वरिपरि घुमेको छ ।

सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रसाद’को पटकथा सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत रहेको छ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया