यस वर्षदेखि सोलुखुम्बुमा पत्रकारिता पुरस्कार

 मंसिर २१, २०७५ शुक्रबार १३:४५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – नेपाल पत्रकार महासंघ सोलुखुम्बुले सोलुखुम्बु पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । महासंघका अध्यक्ष मनोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न शाखाको बैठकले यसै बर्षदेखि हरेक वर्ष दुई जनालाई सोलुखुम्बु पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

सोलुखुम्बु जिल्ला शाखाका क्रियाशिल सदस्यहरुमध्ये एक महिला र एक पुरुष पत्रकारलाई हरेक वर्ष नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरिएको सचिव शिखरजंग श्रेष्ठले जानकारी दिए । बैठकले पुरस्कारका लागि छनोट समिति समेत गठन गरेको छ । 

बैठकले जिल्ला शाखाको तेश्रो साधारण सभा यहि मंसिर २९ गते सल्लेरीमा गर्नेसमेत निर्णय गरेको छ । जिल्ला शाखाले सदस्यता नविकरण र नयाँ सदस्यताका लागि मंसिर मसान्तसम्मको म्याद तोकेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया