डोटीमा ड्रोन क्यामेरा उडाउँदै गरेका दुई विदेशी नागरिक पक्राउ

 मंसिर २१, २०७५ शुक्रबार १४:५:१४ | विमल बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डोटी – आकाशमा ड्रोन उडाउँदै गरेको अवस्थामा डोटीमा दुईजना डेनमार्कका नागरिकलाई प्रहरीले पक्राउ परेको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका–६, सिलगढीबाट आकाशमा ड्रोन क्यामेरा उडाइरहेका बेला जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले उहाँहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नृपबहादुर बोहराले बताउनुभयो ।

‘ड्रोन उडाउँदै गरेको अवस्थामा हाम्रो प्रहरीले देखेपछि जिल्ला प्रहरीमा ल्याएका छाै‌ं’, उहाँले भन्नुभयो, ‘हामीले थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन पठाउँदै छौ ।’

पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन् । उहाँहरुको नाम भने प्रहरीले खुलाएको छैन । श्रोतले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा गरेका क्रियाकलापको डकुमेन्ट्री बनाउन उहाँहरु डोटी पुग्नुको बताइएको छ ।

उहाँहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया