देशमै सबैभन्दा धेरै हिउँ चितुवा डोल्पामा, गणना गर्दा एक सय २...
बैशाख ८, २०८१ शनिबार
काठमाडौं – काठमाडौंको सुकेधारामा रहेको ‘ट्रान्सफरमेशन नेपाल’ नामक सुधार केन्द्रबाट प्रहरीले २१ जनालाई उद्धार गर्नुका साथै २ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध प्रयोगकर्ताहरुलाई सुधारका नाममा अमानवीय ढंगले राखेको पाइएपछि उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । मासिक ३५ हजार शुःल्क लिने भए पनि खान बस्न समेत उचित रुपमा नदिएपछि केही दिनअघि १३ जना सुधार केन्द्रबाट भागेर प्रहरीमा पुगेका थिए ।
उनीहरुले दिएको निवेदनका आधारमा महानगरीय प्रहरी परिसर टेकुबाट खटेको प्रहरी टोलीले बिहीबार २१ जनालाई उद्धार गरेको हो । प्रहरीले सुधार केन्द्र सञ्चालक सन्तोष घिमिरे र सहयोगी समिर मल्ललाई पक्राउ गरेको छ । मापदण्ड अनुसार केन्द्र सञ्चालन भएको नपाइएकाले उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले बताउनुभयो । प्रहरीले रिह्याव केन्द्र पनि बन्द गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अमानवीय व्यवहार गरेको मुद्धामा कारबाही चलाउने तयारी भएको प्रहरी वरिष्ठ उपरीक्षक लामाले जानकारी दिनुभयो ।
मुलुकी अपराध संहिताको धारा १ सय ६८ मा अमानवीय व्यवहार गर्नेलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।