भूमिसम्बन्धी कानुन निर्माणका लागि कानुन मन्त्रालयसँग छलफल भइरहेकोछ : मन्त्री अर्याल

 मंसिर २१, २०७५ शुक्रबार १६:३५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले आफू मातहतको मन्त्रालयको सबै समस्या समाधान हुनेगरी आवश्यक कानुन निर्माणको काम भइरहेको दावी गर्नु भएको छ । 

मन्त्री अर्यालले संघीय संसदको हिउँदे अधिवेशन सुरु हुनेबित्तिकै भूमि सम्बन्धी सबै कानुन निर्माण हुने गरी सो सम्बन्धी विधेयक निर्माण भइरहेको जानकारी पनि दिनुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले भूमिसम्बन्धी आवश्यक कानुन निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल भइरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री अर्यालले कानुन निर्माण भएपछि सुकुम्बासी समस्या समाधानमा आफू केन्द्रित हुने योजना पनि अघि सार्नु भयो । उहाँले अव्यवस्थित बसोबास, जोखिमयुक्त बस्ती व्यवस्थापनको कामलाई पनि आफूले उच्च प्राथमिकतामा राखेको स्मरण गराउनु भयो ।

सुकुम्बासी समस्या समाधानका लागि शक्तिशाली आयोग बनाउने मन्त्री अर्यालको योजना छ । 

अन्तिम अपडेट: मंसिर २६, २०७५

तपाईको प्रतिक्रिया