पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध अख्तियारले दायर गर्‍याे भष्टाचारकाे मुद्दा

 मंसिर २१, २०७५ शुक्रबार १८:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाई आयोजनामा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । यसअघि भौतिक योजना तथा निर्माण मन्त्री भएका पाण्डेको स्वामित्वमा रहेको कालिका कन्स्ट्रक्सन र सीटीआई जेभीले आयोजना निर्माण गर्ने ठेक्का पाएको थियो ।

आयोजनाका तत्कालीन प्रमुखहरु सरोजचन्द्र पाण्डित, दीलिपबहादुर कार्की र रमेश बस्नेतविरुद्ध पनि मुद्धा दायर भएको छ । पूर्व मन्त्री पाण्डेविरुद्ध २ अर्ब १३ करोड ७६ लाख, पण्डितविरुद्ध ५९ करोड ३४ लाख, कार्कीविरुद्ध १ अर्ब ५६ करोड र बस्नेतविरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको अख्तियारका प्रवक्ता दंगालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया