अनलाइन शेयर कारोबारको एक महिना : नेप्से ८५ अंकले घट्यो

 मंसिर २१, २०७५ शुक्रबार १८:१८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अनलाइन प्रणालीमार्फत कारोबार सुरु भएको एक महिनाको अवधिमा नेप्से परिसूचक ८५ अंकले घटेको छ ।

कात्तिक २० गते १२ सय ५ दशमलव ७९ अंकमा रहेको परिसूचक बिहीबारको कारोबारसम्म आइपुग्दा ११ सय २० दशमलव ८४ अंकमा आइपुगेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ले जनाएको छ ।

अनलाइन प्रणालीमार्फत कारोबार सुरु भएसँगै धितोपत्र बजार निरन्तर ओरालो लागेको थियो । सुधारिएको दिनमा पनि परिसूचक सामान्य सुधारिएको थियो ।अनलाइन प्रणालीमार्फत कारोबार सुरु भएपछि अत्याधिक सुधार हुने अपेक्षा गरिएको भएपनि त्यसो हुन नसकेको हो । यस्तै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा देखिएको समस्या समाधान भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्राविधिक समस्या देखिएपछि स्टक, धितोपत्र दलाल व्यवसायी र प्रणाली निर्माणकर्ता कम्पनीको समन्वयमा समस्या समाधान गरिएको एक्सचेन्जका प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिनुभयो ।

नयाँ प्रणालीको माध्यमबाट व्यवसायीले लगानीकर्ताको खाता खोल्ने, कारोबार जोखिम व्यवस्थापन गर्ने, ब्रोकर कार्यालयका कर्मचारीको आन्तरिक व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापनलगायत काम गर्ने सक्ने व्यवस्था गरिएको छ ।

२०७२ सालदेखि कागजी शेयर प्रमाणपत्रलाई विद्युतीय स्वरुपमा ढालेर कागजरहित बनाएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया