ढोरपाटन महिला डबल लिग भलिबल माघ पहिलो सातादेखि

सुजुकीको भिजीसग ३ वर्षे सम्झौता

 मंसिर २१, २०७५ शुक्रबार १८:३४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल माघ पहिलो साताबाट हुने भएको छ ।

भलिबल लिग माघ ५ गतेदेखि १९ गतेसम्म चल्ने आयोजकले जनाएकाे छ । शुक्रबार पत्रकार सम्मेलनमा सह-प्रायोजक सुजुकीको भिजी अटोमोबाइल प्रालिका मार्केटिङ म्यानेजर नवराज कोइराला र आयोजक क्लबका अध्यक्ष मनबीर छन्त्यालबीच सम्झौता पत्र आदानप्रदान भएको छ ।

तीन वर्षको लागि भएको सम्झौतामा प्रत्येक भिजी सुजुकीको स्कुटर खरिदमा ५० हजार छुट हुनेछ ।

प्रतियोगितामा एपिएफ क्लब, न्यु डायमण्ड एकेडेमी, नेपाल पुलिस क्लब, पोखरा, चितवन टाइगर्स, थ्री स्टार एकेडेमी, पारामाउण्ट एकेडेमी, सेव स्कुल र थाहा नगरपालिका मकवानपुरको सहभागिता रहने आयोजक तथा ढोरपाटन भलिबल क्लबका अध्यक्ष छन्त्यालले जानकारी दिनुभयाे ।

प्रतियोगिताको विजेता टोलीले तीन लाख ५० हजार प्रप्त गर्ने छ भने दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचाैं हुनेले ४० हजार, छैठौं हुनेले ३० हारजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर आफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले १–१ थान स्कुटर पाउने छन् ।

त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट कोचले समान ६–६ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएकाे छ । प्रतियोगिताकाे खर्च ५० लाख लाग्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया