नेपालमा पहिलोपल्ट सिरिन्ज उत्पादन शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार संघीयताको मर्म विपरीत चलिरहेको आरोप लगाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबारको बैठकले सरकार संघीयताको मर्म विपरीत चलिरहेको निष्कर्ष निकालेको हो । प्रधानमन्त्री केपी ओलीकै निर्वाचन क्षेत्र रहेको झापाको गौरादह नगरपालिकामा प्रमुखलाई काम गर्न रोकेर उपप्रमुखलाई जिम्मेवारी दिने काम सरकारले गरेपछि सरकार संघीयताको मर्म विपरीत चलेको निष्कर्ष निकाल्नु परेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेस नेताहरुले केन्द्रीय समितिमा पेश गरेको विधान संशोधन मस्यौदामाथिको छलफल जारी राखेका छन् । आइतबारको केन्द्रीय कार्य समिति बैठकमा राजनीतिक प्रतिवेदन पनि पेश गर्ने तयारी कांग्रेसको छ ।
प्रतिवेदनलाई अन्तिम रुप दिन शुक्रबार राजनीतिक प्रतिवेदन तयारी समितिको बैठक पनि बसेको छ । पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको त्यो समितिले आइतबार केन्द्रीय कार्य समितिमा आफ्नो प्रतिवेदन पेश गर्ने पनि पार्टीका प्रवक्ता शर्माले बताउनुभयो ।
आउँदो मंसिर २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने राजनीतिक आर्थिक, सांगठनिक, विधानलगायतका मस्यौदालाई अन्तिम रुप दिन कांग्रेस केन्द्रीय कार्य समिति बैठक जारी छ ।
सबै प्रतिवेदनहरुमाथि छलफल गरी त्यसलाई पूर्णता दिन केही दिन लाग्ने भएकाले कांग्रेस केन्द्रीय कार्य समिति बैठक अझै केही दिन लम्बने पनि प्रवक्ता शर्माले स्पष्ट पार्नुभयो ।
मंसिर १३ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा अहिले विधान र अर्थ नीति सम्बन्धी २ वटा प्रस्तावमाथि छलफल भइरहेको छ ।