पाकिस्तानविरुद्धको टेस्ट श्रृंखला न्यूजिल्याण्डकाे पाेल्टामा

 मंसिर २१, २०७५ शुक्रबार १९:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

पाकिस्तानविरुद्धको तीन टेस्ट श्रृंखला न्यूजिल्याण्डले जितेको छ ।

अघिल्ला एक एक टेस्ट जित्दै श्रृंखला बराबरी भएकोमा अन्तिम तथा तेस्रो टेस्टमा पाकिस्तानविरुद्ध १२३ रनको जित निकाल्दै श्रृंखला न्यूजिल्याण्डले जितेको हो ।

पाँचाैं दिनमा २८० रनको लक्ष्य पछ्याएको पाकिस्तान १५६ रनमा अल अाउट भएकाे थियो । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले पहिलो पारीमा २७४ रन बनाएको थियो ।

पाकिस्तानले भने पहिलो पारीमा ३४८ रन बनाउँदै ७४ रनको अग्रता बनाएको थियो । दोस्रो पारीमा न्यूजिल्याण्डले ३७३ रन बनाएपछि पाकिस्तानले २८० रनको लक्ष्य पाएको थियो । तर पाकिस्तानले दोस्रो पारीमा १५६ रनमै अाफ्ना सबै विकेट गुमायाे ।

पाकिस्तानलाई सस्तैमा अाउट गर्ने क्रममा टिम साउदी, अजाज पटेल र विलियम सोमरभिलले समान तीन तीन विकेट लिएका थिए । पाकिस्तानका बाबर आजमले सर्वाधिक ५१ रन जोडे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया