ए डिभिजन लिग: सातौं चरणका खेलहरु शनिबारदेखि

 मंसिर २१, २०७५ शुक्रबार २०:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - शहीद स्मारक ए डिभिजन लिगमा शनिबारदेखि सातौं चरणका खेलहरु सुरु हुँदैछन् ।

पहिलो खेलमा नेपाल पुलिसले हिमालयन शेर्पासँग खेल्नेछ भने अर्को खेल न्यूरोड टिम एनआरटी र संकटा क्लबबीच हुनेछ । 

एन्फा मैदानमा हुने खेल बिहान ११ बजेबाट सुरु हुनेछ । दुई खेल हारेको पुलिस शनिबार हिमालयन शेर्पाविरुद्ध तीन अंक बटुल्ने लक्ष्यमा हुनेछ । यता पछिल्ला दुई खेलमा लगातार पराजित हिमालयन शेर्पा पुलिसलाई स्तब्ध पार्दैै कमब्याक गर्न चाहन्छ ।

शेर्पाले ६ खेलमा तीन जित एक बराबरी र दुई हार ब्यहोरेको छ । 

अर्को खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको संकटाविरुद्ध खेल्नेछ । यो खेल दिउँसो साढे २ बजे हुनेछ । संकटाले अहिलेसम्म ६ खेलमध्ये ५ खेलमा जित निकालेको थियो भने आर्मीसँग पाँच एकले पराजित भएको थियो । 

शनिबार एनआरटीविरुद्ध जित निकाल्दै संकटाले शीर्ष स्थानको मनाङसँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । संकटाको ६ खेलबाट १५ अंक रहेको छ भने शीर्ष स्थानको मनाङको पनि १८ अंक छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया