जाडो बढ्दैछ : काठमाडौंको तापक्रम यो वर्षकै कम

 मंसिर २२, २०७५ शनिबार ७:३५:३ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ । 

काठमाडौंको शनिबार बिहानको तापक्रम ५ दशमलब २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो र अस्ति ५ दशमलब ५ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम आज पनि घटेको हो । अब तापक्रम घट्ने क्रम निरन्तर रहने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार काठमाडौंको तापक्रम सन् १९७८ को जनवरी ११ मा अहिलेसम्मकै कम माइनस ३ दशमलब ५ डिग्रीसम्म पुगेको इतिहास छ । 

गएको वर्ष पुस २३ गते काठमाडौंको तापक्रम शून्य डिग्रीमा झरेको थियो । यसैबीच अहिले धेरै ठाउँमा हुस्सु लागेको छ । यो विस्तारै हटेपछि पहाडी भूभाग बाहेकका ठाउँको मौसम सफा रहनेछ । पहाडी भूभागको मौसम भने आज पनि आशिंक बदली रहने मौसमविद् कँडेलले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया