मध्यरातमा भारतीय नम्बर प्लेटको जीप पसलभित्र छिर्‍याे,  २ जना गम्भीर घाइते

 मंसिर २२, २०७५ शनिबार ८:४९:३१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा मध्यरातमा भारतीय नम्बर प्लेटको जीप दुइटा पसलको बीचमा  छिर्दा २ जना घाइते भएका छन् । 

शुक्रबार राति जनकपुरको मुरलीचोक तर्फबाट शिवचोकतिर जाँदै गरेको बी.आर. ०६ पिडि ६८७९ नम्बरको स्कारपियो तीव्र गतिका कारण अनियन्त्रित भई रामचोकको दुई पसलको बीचमा छिरेर दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा स्कारपियोमा सवार जनकपुरधाम उपमहानगरपालिका –१३, बस्ने वर्ष १९ का नागेन्द्र राउत र दीपक राउत रहेको धनुषाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो । घाइते दुवैजनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पसलको अगाडिको भागमा क्षति पुगेको छ । राति पसल बन्द भएको कारण  कारण ठूलो मानवीय दुर्घटना हुनबाट जोगिएको स्थानीयले बताएका छन् ।

दुर्घटनापश्चात चालक फरार भएको र दुर्घटनाग्रस्त गाडी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य भइरहेको नायव उपरीक्षक शाहीको भनाई छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया