इंग्लिस प्रिमियर लिग : आज आठ खेल हुँदै, सिटीको अपराजित यात्रा रोक्ने दाउमा चेल्सी

 मंसिर २२, २०७५ शनिबार ९:५२:३५ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा आज आठ खेल हुँदैछन् । शीर्ष स्थानको म्यानचेस्टर सिटी र चेल्सी आमने–सामने हुँदैछन् ।

आजको ठूलो खेलमा जित निकाल्दै चेल्सी सिटीको अपराजित यात्रामा पूर्णविराम लगाउन चाहन्छ । चेल्सीको मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे हुनेछ । सिटी ४१ अंकसहित शीर्ष स्थानमा छ भने चेल्सी ३१ अंकसहित चौथो स्थानमा छ ।

आजै दोस्रो स्थानको लिभरपुल एएफसी बर्नमाउथसँग खेल्दैछ । लिभरपुलको ३९ अंक छ । बर्नमाउथको मैदानमा हुने खेल साँझ सवा ६ बजे हुनेछ । आजै आर्सनल र हडर्सफिल्ड टाउन, बर्नले र ब्राइटन एण्ड होभ, कार्डिफ सिटी र साउथह्याम्टन, म्यानचेस्टर युनाइटेड र फुलह्याम तथा वेष्टह्याम र क्रिष्टल प्यालेस पनि खेल्दैछन् । सबै खेल पौने नौ बजे हुनेछन् ।

राति साढे एक बजे लेस्टर सिटी र टोटनह्याम पनि खेल्दैछन् । लेस्टर सिटीको मैदानमा हुने खेल राति साढे एक बजे हुनेछ ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया