बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ

 मंसिर २२, २०७५ शनिबार ११:४८:३३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – रुपन्देहीको देवदहमा पाँच वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा देवदह वडा नम्बर–५, का राजु परियार, बोधे परियार, दिनेश विक र देवदहकै जीवन खत्री रहेका छन । उनीहरु सबै गाडीका हेल्पर र दैनिक मजदुरी गरेर खानेहरु हुन् । पक्राउ परेकामध्ये एकजनाकाे परिचय खुलाइएकाे छैन । 

युवाहरुले ती बालिकालाई लछारपछार गरेको देखेपछि हिजो राति स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बालिकाको गुप्ताङ्गबाट रक्तश्राव भएको छ । बालिकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

आफन्तले निवेदन दिएका कारण बालिकाको स्वास्थ्य जाँच रिर्पोट अस्पतालले आज उपलव्ध गराउने बताएको छ । बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएको बेला बलात्कार भएको प्रहरीले बताएको छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया