श्रृङ्खला खतिवडाकाे मिस वर्ल्ड यात्रा टप १२ सम्म मात्र

 मंसिर २२, २०७५ शनिबार १९:८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को अर्काे उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् ।  ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्याे अवार्ड जित्नु मिस वर्ल्डकाे ताज जितेसरह भएकाे बताएकी थिइन् ।

अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैका छानिएका थिए ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया