४५ क्वीण्टल प्रतिबन्धित केसरी दालसहित एकजना पक्राउ

 मंसिर २२, २०७५ शनिबार २०:१०:३४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको मटरा (केसरी) दालसहित बर्दियाको भुरिगाउँबाट एकजना पक्राउ परेका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिकाको विभिन्न गाउँका स्थानीय कृषकहरुबाट प्रतिबन्धित मटरा (केसरी) दाल खरिद गरी गाउँबाट ट्याक्टरमा राखेर भुरिगाउँ बजारतर्फ ल्याउँदै गरेको अवस्थामा नेपालगञ्ज घर भई भुरिगाउँमा बस्दै आएका गुलाम नलीलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले पक्राउ गरेको हो ।

ठाकुरबाबा नगरपालिका ३ नेउलापुर गाउँमा घर भाडमा लिई घरभित्र राखेको मटरा पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामद गरेको मटरा (केसरी) दाल अनुमानित ४५ कुण्टल रहेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको मटरा दाल एउटा ट्याक्टर र एउटा अटोमा भरेर मटरा (केसरी) दाल बिक्रि वितरणमा संलग्न नेपालगंज घर भई भुरिगाउँमा बस्दै आएका गुलाम नलीलाई जिल्ला प्रहरी कार्यालय गुलरिया चलान गरिएको प्रहरीले जनाएको छ ।

मटरा अर्थात केसरीको दाल मानव जीवनमा मात्र नभई पशुलाई समेत हानी पुर्याउने भएकाले नेपालमा बिक्रि वितरणमा प्रतिबन्ध लगाईएको छ । मटरा (केसरी) को दाल खाएमा मानव सहित पशुलाई पनि अपांङ्गता बनाउने भएकाले नेपाल सरकारले केसरीको दाल बिक्रि वितरणमा रोक लगाएको हो ।

अन्तिम अपडेट: चैत २५, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया