बुद्धका विचारको अनुसरण गर्नु पर्दछ : राष्ट्रपति भण्डारी

 मंसिर २२, २०७५ शनिबार २०:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धका विचारहरुलाई अनुसरण गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औं वार्षिक उत्सव समारोहलाई शनिबार लुम्बिनीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धका सन्देशहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने बेला आएको बताउनुभयो ।

उहाँले बौद्ध शिक्षा नै शान्ति र सम्मृद्धिको आधार भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले लुम्बिनी विश्व विद्यालय शान्तिको ज्ञान छर्ने विश्वस्तरको प्राज्ञिक थलो बन्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया