मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

 मंसिर २३, २०७५ आइतबार ६:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयललाई चार शून्यले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको १७ औं मिनेटमा नै लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि २६ औं मिनेटमा मेस्सीको पासमा डिम्बेलेले गोल गर्दै बार्सिलोनालाई दुई शून्यले अगाडि राखे । 

४५ औं मिनेटमा डिम्बेलेको पासमा लुइस स्वारेजले बार्सिलोनाका लागि तेस्रो गोल गरे । पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको बार्साले ६५ औं मिनेटमा चौथो गोल गर्‍याे । 

यसपटक टिमका लागि मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । जितपछि बार्सा १५ खेलबाट ३१ अंक बनाउदै लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको सेभियाको २८ अंक छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया