फ्रान्समा मूल्यवृद्धिको आन्दोलन फेरि चर्कियो, सयजनाभन्दा धेरै घाइते

 मंसिर २३, २०७५ आइतबार ८:३८:३० | एजेन्सी
unn.prixa.net

फ्रान्समा मूल्यवृद्धिको विरोधमा फेरि आन्दोलन चर्कीन थालेको छ । आन्दोलनको चौथो हप्तासम्म आइपुग्दा आन्दोलन झन बढ्दै गएको छ । पछिल्लो प्रर्दशनका क्रममा पुलिसले रबरको गोलीसमेत चलाएको छ । 

तीन हप्तासम्म पेरिसमा मात्र सिमीत भएको आन्दोलन अहिले देशको अरु ठाउँमा पनि सुरु भएको हो ।  प्रदर्शनीका क्रममा १ सय १८ जना घाइते भएका र त्यसमा १७ जना पुलिस रहेका फ्रान्सको गृह मन्त्रालयले जनाएको छ । ५ सय भन्दा धेरै पक्राउ परेका छन् ।

पहेँला ज्याकेट लगाएका प्रदर्शनकारीले गरेको यो आन्दोलनलाई फ्रान्सको सरकारले अति हिस्रंक तत्वले परिचालित गरेको आरोप लगाएको छ । मूल्य वृद्धिको विषयमा फ्रान्स सरकार र प्रदर्शनकारीबीच केही दिन अगाडि बार्ता भएर आन्दोलन रोक्ने सहमति भए पनि फेरि आन्दोलन सुरु भएको हो । 

झडप हुन सक्ने आशंकामा देशभर ९० हजार भन्दा धेरै पुलिस खटाइएको छ । फ्रान्समा यो प्रदर्शन  दशकौँ पछिको सबैभन्दा ठूलो प्रदर्शनी मानिएको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया