विश्वकपको पूर्वसन्ध्यामा स्पेनिश फुटबलमा हलचल : नयाँ प्रशिक्षकमा हिएरो

 जेठ ३०, २०७५ बुधबार १८:३३:४३ | एजेन्सी

विश्वकप फुटबलको पूर्वसन्ध्यामा स्पेनले फर्नान्डो हिएरोलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । 

केही समयअघि मात्रै स्पेनिश फुटबल महासंघले सल्लाह नगरी रियल मड्रिडको प्रशिक्षकमा नियुक्त भएको भन्दै जुलेन लोपेटेगीलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो । 

हिएरो आजैबाट प्रशिक्षणमा खटिनेछन् । उनले शुक्रबार हुने  विश्वकप २०१८ को स्पेनको पहिलो खेलमा पोर्चुगलविरुद्ध प्रशिक्षकको रुपमा डेब्यू गर्नेछन् । हिएरो स्पेनिश फुटबल एसोशियसनका निर्देशक हुन् ।

विश्वकपको पूर्वसन्ध्यामा राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका हिएरोले कम्तीमा पनि विश्वकप प्रतियोगिताभर स्पेनको प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन् । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया