ला लिगा : सेभिया भ्यालेन्सियासँग बराबरीमा रोकियाे

 मंसिर २३, २०७५ आइतबार ८:४७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा सेभिया भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । बराबरीमा रोकिएपछि सेभिया शीर्ष स्थानको बार्सिलोनाभन्दा तीन अंकले पछि परेको छ ।

सेभियाले दोस्रो हाफको १० मिनेटमै गोल गरेपछि इन्ज्युरी समयमा भ्यालेन्सियाले गोल फर्काएपछि अंक बाँढ्न पर्‍याे । पहिलो हाफ गोलरहित बनेको खेलको ५५औं मिनेटमा पाब्लो सारावियाले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । अग्रता नियमित समयसम्म कायम रहे पनि इन्ज्युरी समयको दोस्रो मिनेटमा मुख्टार डियाखाबाईले भ्यालेन्सियाका लागि गोल गरेपछि खेल बराबरीमा सकियो ।

बराबरीपछि सेभियाले २८ अंक बनाएको छ । शीर्ष स्थानको बार्सिलोनाको ३१ अंक छ । भ्यालेन्सिया भने १८ अंक जोड्दै १३औं स्थानमा छ । एट्लेटिको मड्रिडले भने डिपोर्टिभो एलभेसलाई ३–० ले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउनका लागि निकोला कालिनिच, एन्ट्वान्ट ग्रिजम्यान र रोद्री हर्नाण्डेजले एक–एक गोल गरे । कालिनिचले २५औं मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

८२औं मिनेटमा ग्रिजम्यानले मैदानको मध्य भागबाट एक्लैले बल अघि लैजाँदै गरेको प्रहार पोलमा लागेको थियो । तर सो बललाई ग्रिजम्यान आफैले गोल गरे । ८७औं मिनेटमा हर्नाण्डेजले रिबाउण्ड बलमा गोल गर्दै एट्लेटिकोलाई ३–० को जित दिलाए । जितसँगै एट्लेटिकोले पनि तालिकामा २८ अंक बनाएको छ । गोल अन्तरमा सेभियाभन्दा पछि पर्दै एट्लेटिको तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया