ललितपुरले चितवनलाई दियाे १ सय ४४ रनकाे लक्ष्य

 मंसिर २३, २०७५ आइतबार ११:९:२ | उज्यालो सहकर्मी

एभेरेष्ट प्रिमियर लिग अन्तर्गत अहिले ललितपुर पेट्रियट्सले चितवन टाइगर्सलाई एक सय ४४ रनको लक्ष्य दिएको छ ।

प्रतियोगिताको पहिलो खेलमा विराटनगरसँग हारेको ललितपुरले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतीमा एक सय ४३ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको २३ रन हुँदा पहिलो विकेट गुमाएको ललितपुरले ४३ रन हुँदा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावाला २० रनमा आउट भए भने कुशल भुर्तेल मात्र तीन रनमा पेभेलियन फर्किए ।

त्यसपछि गौरव तमोर पनि ब्यक्तिगत ३० रनमा पेभेलियन फर्किएपछि ललितपुरले ३० रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि टिमको स्कोर एक सय ११ रन हुँदा ललितपुरले चौथो विकेटका रुपमा सन्नी पटेललाई १९ रनमा गुमायो ।

फितलो ब्याटिङ गरेको ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लपनि मात्र तीन रनमा आउट भएपछि एक सय १४ रनमा पाँचौ विकेट खेर फाल्यो । अन्तिममा सन्दीप जोराले आक्रामक २५ तथा सोनु तामाङले ३० रन बनाए । बलिङमा जर्ज स्कटले दुई विकेट लिए ।

जवाफमा चितवनले २ रन हुँदा पहिलाे विकेट गुमायाे । अाेपनर दीलिप नाथलाइ सन्नी पटेलले एक रनमा अाउट गरे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया