वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
कपिलवस्तु – जसको सरकार आए पनि कृषकहरुको समस्या जस्ताको तस्तै रहने गरेको कृषकहरुले राष्ट्रिय किसान आयोगसँग गुनासो गरेका छन् । आयोगको आयोजनामा तौलिहवामा सम्पन्न केन्द्र तथा प्रदेश स्तरमा किसान संघ संगठन र संस्थाहरुको क्षमता अभिबृद्धि कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् ।
समग्र कृषि क्षेत्रको विकासका लागि खेतीयोग्य जमिनको चक्लाबन्दी, सिंचाई सुविधा, चौपाया नियन्त्रण, मलखाद तथा बिउबिजनमा अनुदान, कृषक राहत प्याकेज, कृषिमा आधारित उद्योग धन्धाहरुको विकासमा जोड दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् ।
कार्यक्रमको अवसरमा किसान आयोगका वरिष्ठ अर्थविज्ञ किशोर श्रेष्ठले किसान आयोगले आर्थिक वर्ष ०७५।०७६ मा गरेका क्रियाकलपाहरुको बारेमा जानकारी गराउनुभएको थियो । आयोगकी सदस्य तथा प्रदेश नं. ५ की संयोजक वसन्ती घिमिरेले अन्तरक्रियाबाट प्राप्त सुझावहरुलाई आयोगमा पेश गर्ने र यही अनुसार कृषकहरुको हितमा नीति निर्माण गर्ने बताउनुभयो ।
कार्यक्रममा आयोगका सदस्य रविन्द्र केसीले आयोग गठन भएपछि किसानहरुका समस्या र आधुनिक कृषि प्रविधिलगायतका विषयहरुमा आयोग लगातार कृषकहरुको पक्षमा काम गर्न सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा किसान नेताहरु शिव पौडेल, चतुर्भुजमणि त्रिपाठी, नारायण भुषाललगायतले कृषकहरुको समस्या र चुनौतीका बारेमा आफ्ना धारणाहरु व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु, रुपन्देही, नवलपरासी र नवलपुर जिल्लाका किसान संबद्ध संघ संस्थाका ९० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।