प्रदेश–१ कै उत्कृष्ट प्रहरी घोषित भए तिमल्सिना

 मंसिर २३, २०७५ आइतबार ११:३२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँचथर – जिल्ला ट्राफिक कार्यालय पाँचथरमा कार्यरत ट्राफिक प्रमुख जनक तिमल्सिना प्रदेश–१ को उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । प्रहरी संगठनमा रहेर इमान्दारीताकासाथ उत्कृष्ठ काम गरेको मूल्याङकन गर्दै १ नम्बर प्रदेश विराटनगरले तिमल्सिनालाई उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत गरेको हो ।

संगठनको लागि भौतिक पुर्वधार निर्माण, ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरणमा तिम्सिनाको योगदान महत्वपूर्ण रहेकोले उत्कृष्ट प्रहरीको रुपमा तिमल्सिनालाई घोषित गरिएको डीआईजी केदार रिजालले वताउनुभयो । 

सिंगो प्रदेश–१ कै उत्कृष्ट प्रहरी घोषित हुँदा खुसी लागेको भन्दै तिम्सिनाले अबका दिनमा पनि संगठनको मर्यादाभित्र रहेर इमान्दारीताकासाथ काम गर्ने बताउनुभयो । तिम्सिना २०५३ सालदेखि प्रहरी सेवामा कार्यरत हुनुहुन्छ ।


 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया